प्रतिनिधि सभा निर्वाचनमा बारा १ बाट उम्मेदवारी दिने तयारीमा डा. न्यौपाने

Image
काठमाडौं– आसान्न प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट डा. राकेश न्यौपानेले उम्मेदवारी दिने भएका छन्। डा. न्यौपानेले अगामी प्रतिनिधि सभाको निर्वाचनमा बारा १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। मुलुकलाई आर्थिक र अध्यात्मिक समृद्धिको बाटो पहिल्याउन सहजकारी भूमिका निर्वाह गर्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने तयारी शुरु गरिएको डा. न्यौपाने बताउँछन्। ‘नेपालमा शासकिय व्यवस्था विरुद्धको राजनीति समाप्त भइसकेको छ। अब नेपालीको चाहना भनेको आर्थिक समृद्धि र दीगो उन्नती हो। पूराना राजनीतिज्ञहरुले आफ्नो जीवनको उर्वर समय शासकिय व्यवस्था परिवर्तन गर्न खर्चिनु भएको छ,’ डा. न्यौपानेले भने, ‘उहाँहरुको लडाई शासकिय व्यवस्थासँग थियो। त्यसमा उहाँहरु सफल हुनु भएको छ। अब मुलुकलाई आर्थिक समृद्धि र दीगो विकासको खाँचो छ।’ मुलुकलाई समृद्ध बनाउन राजनीतिमा युवाहरु पनि सक्रिय सहभागिता आवश्यक पर्ने भएकाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने योजना बनाएको डा. न्यौपाने बताउँछन्। नेश्नल मेडिकल कलेज विरगंजबाट एमबीबीएस उर्तिण गरेका डा. न्यौपाने विभिन्न स्वास्थ्य निकायमा आवद्ध रहनुका साथै राजनीतिक रुपमा पनि सक्रिय रहँदै आएका छन्। साथै उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा स्नातोकत्तर अध्ययन गर्दैछन्। उनले कोरिया नेपाल हस्पिटल, अल्का हस्पिटललगायतमा काम गरिसकेका छन्। साथै उनी २०७४ सालदेखि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य सल्लाहकारको रुपमा काम गर्दै आइरहेका छन्। सन् २०१९ सार्क एन्टिडोपिक कन्फरेन्समा उनी नेपालको प्रतिनिधित्व गरेका थिए। उनी सामाजिक कार्यमा पनि निकै सक्रिय छन्। २०७२ सालको महाभुकम्प र कोभिड–१९ को समयमा विभिन्न स्थानमा राहत वितरण कार्यमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य शिविरहरु पनि सञ्चालन गरेका थिए।
Tags: