राष्ट्रिय स्वतन्त्र पार्टीले चुन्यो पदाधिकारी

Image
काठमाडौं–सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गरेको छ। बैठकले उपसभापतिमा डोलप्रसाद अर्याल र महामन्त्रीमा मुकुल ढकाललाई चयन गरेको छ। साथै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी चयन भए भने सहकोषाध्यक्षमा बसुमाया तामाङ चयन भएकी छन्। यस्तै बैठकले केन्द्रीय सदस्य गीता रेग्मीको राजीनाम स्वीकृत गरेको छ। उक्त रिक्त ठाउँमा चितवनकी सविना विकलाई केन्द्रीय सदस्य नियुक्त गरिएको पार्टीले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको नेतृत्वमा चुनावी घोषणा पत्र तयार समिति गठनसमेत भएको छ। साथै स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम पनि गठन गरेको छ। केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता सोविता गौतम संयोजक रहेको र्‍यापिड एक्सन टिमले जनताका समस्या समाधानमा सहयोग गर्ने र बेथितीविरूद्ध खबरदारी गर्ने उक्त पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
Tags: