उपत्यकाको फोहोर व्यवस्थापनमा रेडक्रसको सक्रियता

Image
काठमाडौं–काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीले सक्रियता देखाएको छ । रेडक्रसले आफ्ना स्वयंसेवक मार्फत फोहोर संकलन र व्यवस्थापनमा सहयोग पुर्याएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा १० दिनसम्म फोहोर व्यवस्थानमा सहयोग गरिने रेडक्रसका जिल्लाशाखाहरुले जनाएका छन् । यो अवधिमा सरसफाई गर्ने, चेतना फैलाउनका लागि माइकिङ, घरदैलोअभियान गरी पानी शुद्धिकरण तथा हातधुने तरिकाको बारेमा जानकारी गराइएको रेडक्रले जनाएको छ । रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइएफआरसीको सहयोगमा काठमाडौं उपत्यकामा सञ्चालित हैजा रोकथाम तथा प्रतिकार्यमार्फत यस्ता गतिविधिहरु सञ्चालन भइरहेको जनाएको छ ।
Tags: