छत्रदेव बाख्राजोन , भदौ १४ सम्म सूचीकृत हुनुपर्ने

Image
अर्घाखाँची–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अर्घाखाँचीको छत्रदेव गाउँपालिकालाई बाख्रा जोन क्षेत्रको रुपमा सहयोग गर्ने भएको छ । परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीले छत्रदेवका १ देखि ८ वडाका कृषक, फर्म तथा सहकारीहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । एकाइले भदौ १४ भित्र संस्था दर्ताको प्रमाणपत्र, फर्म तथा सहकारीको हकमा कर चुक्ताको प्रमाणपत्र, सहकारीको हकमा लेखा परीक्षण प्रतिवेदन तथा व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि सहित निवेदन दिन सूचना निकालेको छ ।
Tags: