माओवादी केन्द्रको महासचिव गुरुङको पोल्टामा

Image
काठमाडौं–पदाधिकारी विहिन नेकपा (माओवादी केन्द्र) अब टुंगोमा पुग्ने भएको छ । पार्टी प्रचण्डले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । बढी चर्चाका आएको महासचिवमा देव गुरुङ सर्वसम्मत चयन हुने देखिएको छ। महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मा उपमहासचिवमा रहने बुझिएको छ। प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन् । प्रचण्डको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन् । यस्तै उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्तावित हुँदा उपमहासचिवमा पुन र शर्मासँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेलको नाम प्रस्ताव भएको छ। यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की प्रस्ताव भएका छन् भने कोषाध्यक्ष श्रीराम ढकालको नाम प्रस्ताव छ ।
Tags: