पाँच रोटरी क्लवको एउटै जमघट

Image
काठमाडौं– काठमाडौंमा स्थापना भएर क्रियाशिल पाँच रोटरी क्लव एकै ठाउँ जुटेकाछन् । रोटरी क्लव अफ गोंगवुको संयोजनमा शुक्रबार पाँच वटा क्लवहरू रोटरी क्लव अफ गोगंवु, रोटरी क्लव अफ न्यातपोल, रोटरी क्लव अफ काठमान्डौ डाउन टाउन, रोटरी क्लवलअफ ग्रिन्ल्यान्ड र रोटरी क्लव अफ नागार्जुन्का बीच सामूहिक रुपमा बैठक सम्पन्न भएको हो । स्काई व्याङक्वेट सामाखुसीमा भएका बैठकमा क्लव अध्यक्षहरुले आगामी दिनमा क्लवहरुबीच सामुहिक बैठकलाई निरन्तरता दिने र समन्वय गरेर सर्भिस प्रोजेक्टहरुमा काम गर्ने विषयमा ऐक्यवद्धता जाहेर गरेका थिए । कार्यक्रममा सबै क्लबका गरि ५० जना रोटरीयनको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.ज्योती गिरीले प्लास्टिक र इलेक्ट्रोनिक सामाग्रीजन्य फोहोरको व्यवस्थापनको सन्दर्भमा आफ्नो प्रस्तुति राखेकी थिइन् ।
Tags: