नेपाल टेलिकमको ‘इण्डिया भ्वाइस प्याक’

Image
काठमाडौं– नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । टेलिकमले भदौ १ देखि दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने जनाएको छ । इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध हुने सह–प्रवक्ता रन्जित लोहियाले जानकारी दिए । उनका अनुसार यो योजना अन्तरगत विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् । यसबाट एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिनेछ ।
Tags: