धरानका मेयरले सार्वजनिक गरे सय दिनका १३ काम

Image
काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सय दिने प्रगती सार्वजनिक गरेका छन्। उनले मेयर बनेको एक सय दिनभित्र १३ वटा कामका विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्। उनले ४ ठाउँबाट खानेपानीको मूहान थपेको र व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको बताएकाछन् । यो अवधिमा ६ लाख विरुवा रोपेको र सरसफाइमा देखिने सुधार ल्याएको उनको दावी छ । उनले प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको र बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन गरेको उल्लेख गरेकाछन् । लागु औषध विरुद्धको अभियान शुरु गरेको, योजनाहरुका लागि बजेटको जोहो गराएको, पारदर्शी हिसाब किताब सार्बजनिक गरेको उनको भनाई छ । पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको र शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको उनको दावी छ ।
Tags: