बाढी आउँदा खुसी हुने बालै गाउँ

Image
मुगु – गाउँ छेवैको नदीमा बाढी आउँदाको खुसी हुँदो हो । वर्षामासमा बाढीले घरबास उजाडेका खबर हामीले सुन्दै आएका छौं । तर मुगुका बालै गाउँका बासिन्दा भने बाढी आउँदा औधी खुसी हुन्छन् , नहुन् पनि कसरी जसले उनीहरूको जिविकोपार्जन गर्न त्यही नदी र नदीमा आउने बाढीले राहत दिन्छ । धमिलो पानी, छचल्किँदो छाल । झन्डै वारपार गर्दै उर्लिँदै आउँछ गमगाढखोला । यही धमिलो पानीमा यहाँका बालै गाउँवासी आफ्नो सपना सङ्ल्याउँदै छन् । गमगाढले माथि माथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ । हुलका– हुल मानिसहरू खोलाको बगर तिर दौडिन्छन् र खोलाले छेउ लगाएर राखेको राम्रो बालुवा जम्मा गर्छन् । बालै गाउँसँगै छिमेकका घुईरगाउँ र खामगोइटे गाउँका स्थानीय पनि बेल्चा लिएर खोलमा होमिन्छन् र डुबुल्की मार्दै बालुवा निकाल्छन् । हिमाली जिल्ला मुगुको सदरमुकाममा सडक संजालमा जोडिएपछि , पछिल्लो समयमा बजारमा व्यक्तिगत घर तथा सरकारी कार्यालयहरुका भवन पक्की बन्दै गएकाछन् । पक्की घर तथा कार्यालय निर्माण हुन थालेसँगै बालुवाको माग बढ्न थालेको छ । बालै गाउँका बासिन्दाले त्यही माग पुर्ति गर्न खोलाको बालुवा र गिट्टी जम्मा गर्छन् । पानीको बहाव बढ्दा बालुवा र गिट्टी बनाउने ढुङ्गा जम्मा हुने भएपनि उनीहरू वर्षा लागेसँगै सधै झरीकै बाटो कुरेका हुन्छन् । छायानाथ रारा नगरपालिका वडा नं ६ मा पर्ने बालै गाउँ कुनै बेला ढुङ्गाको बगर भनि चिनिन्थ्यो तर पछिल्लो समय बालै गाउँमा नदीले बगाएर ल्याएको बालुवा र गिट्टी गुणस्तरीय भन्दै माग बढ्न थालेपछि ढुङ्गे बगर आम्दानीको स्रोत बन्यो, त्यही नाम बरदान भयो । स्थानीय रमेश भाम बालै गाउँको प्रमूख आम्दानीको स्रोत भनेकै बालुवा र गिट्टी भएको बताउँछन् । यहाँका समुदायलाई बालुवाबाट भएको आम्दानीले घर व्यवहार चलाउने, ऋण तिर्ने र छोराछोरी समेत यसैबाट पढाउँदै आएकाछन्’ उनले भने । पानीको बहाव बढ्दा बालुवा र गिट्टी बनाउने ढुङ्गा जम्मा हुने भएकाले आफूहरु वर्षा लागेसँगै सधै झरीकै बाटो कुरेर बस्ने गरेको उनको भनाई छ । पछिल्लो समय बालै गाउँमा नदीले बगाएर ल्याएको बालुवा र गिट्टी गुणस्तरीय भन्दै माँग बढ्न थालेपछि ढुङ्गे बगर आम्दानीको स्रोत बनेको भामको भनाई छ । स्थानीय समाजसेवी सर बहादुर रावलले बालै ,घईर, खामगोईटे गाउँको प्रमूख आम्दानीको स्रोत भनेकै बालुवा र गिट्टी भएको बताउनुहुन्छ । ‘यहाँका समुदायलाई बालुवाबाट भएको आम्दानीले घर व्यवहार चलाउने, ऋण तिर्ने र छोराछोरी समेत यसैबाट पढाउँदै आएकाछन्’ उनले भने। बालै बगरको नदीले बगाएर ल्याएको बालुवा र गिट्टीबाट प्रत्यक्ष रुपमा वडा नं ६ र ७ का गरी १ सय देखि १ सय ५० घरधुरीसम्मका स्थानीयले लाभ लिएको स्थानीय विष्णु नेपालीले बताए । उहाँका अनुसार परम्परागत पेशा र कृषि भन्दा बालुवा संकलन गर्दा सिजनमा एक घरधुरीले न्युनतम ५० हजार देखि ८० हजारसम्म कमाई गर्छन। यसरी निकालेको बालुवा बिक्री गर्दा १ ट्राली बराबरको ३ हजार देखि ३ हजार ५ सयसम्म बिक्री गर्ने गरिरहेको उनले बताए । यस क्षेत्रमा रोजगारी गुम्ने भन्दै मेसिनबाट बालुवा निकाल्न स्थानीयले रोक लगाएका छन्। मान्छेले नै बालुवा निकाल्दा प्रकृति पनि नमासिने, गरिखाने मानिसले पनि रोजगारी पाउने स्थानीय सुरेन्द्र बहादुर भामले बताए । बालै गाउँ मात्र होइन, नगरपालिकाले समेत नदीलाई आम्दानीको स्रोत बनाएको छ । छायाँनाथ रारा नगरपालिका कार्यालयले बालैको बालुवाबाट प्रटि ट्रली पाँच सय लिँदै आएको छ । नगर प्रमुख बिष्णु कुमार भामले अहिले नगरपालिकाले एक ट्रली बालुवाको ५ सय रुपैयाँ लिदै आएकामा नागरिकबाट गुनासो आएकोले कार्यबिधी संसोधन गरेर प्रति ट्रली ३ सय रुपैयाँ शुल्क निर्धारण गरिने तयारी भइरहेको बताए ।
Tags: