अधिकारी रासस सञ्चालक सदस्य मनोनयन

Image
काठमाडौं– सरकारले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक समिति सदस्यमा दसौँ तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ । राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सञ्चालक सदस्यमा मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । उनलाई लाई यही साउन २० गतेको मन्त्रिस्तरीय निर्णयबाट आगामी चार वर्षका लागि सञ्चालक सदस्यमा मनोनयन गरिएको हो । २३ वर्ष अगाडि सेवा प्रवेश गरेका अधिकारी राससको आलेख सम्पादन शाखाको प्रमुख छन् । उनले यसअघि प्रमुख समाचारदाता, समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेकाछन् ।
Tags: