धन्चौरमा खुला तीज गीत प्रतियोगिता

Image
अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १० धन्चौरमा खुला तीज गीत प्रतियोगिता हुने भएको छ । नेकपा एकीकृत समाजवादी भुमिकास्थान १० धनचौर वडा कमिटीले तीज गीत प्रतियोगिता गर्ने भएको हो । “महिला सशक्तीकरणको लागि तीज गीत“ भन्ने मुल नाराका साथ भदौ ३ मा तीज गीत प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका विजेताले प्रथम पुरस्कार नगद रु सात हजार र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद रु पाँच हजार र प्रमाणपत्र, तृतीय पुरस्कार नगद रु तीन हजार र प्रमाणपत्र, सान्तवना पुरस्कार नगद रु एक हजार र प्रमाणपत्र रहेको जानकारी दिएको छ । नाम दर्ता शुल्क रु पाँच सय रहेको पनि जनाइएको छ ।
Tags: