Image
पत्रकार चापागाईं टानबाट सम्मानित काठमाडौं – पत्रकार प्रदीप चापागाईं ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै टानले चापागाईंलाई उक्त अवार्डबाट सम्मान गरेको हो । काठमाण्डौंमा आयोजित टानको ४२ औं,४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार चापागाईंलाई उक्त अर्वाड प्रदान गरेका हुन् । नेपाल टेलिभिजनका आर्थिक समाचार प्रमुख चापागाईंले आर्थिक पत्रकारितासँग जोडिएका सवालमा समाचार संयोजन गर्दै आएकाछन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् ।
Tags: