प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

Image
काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार बाराको अमलेखगञ्जस्थित नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गरेकाछन् । निरीक्षणको दौरान प्रधान सेनापति शर्माले उक्त शिक्षालयको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिइ शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा “श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका–२०७८“ विमोचन समेत गरेका थिए । भ्रमणकै क्रममा, प्रधान सेनापति शर्माले नेपाली सेनाद्वारा, आसन्न “स्थानीय तह निर्वाचन–२०७९“ को सुरक्षामा केन्द्रित रही बारा जिल्लास्थित महागढीमाई ईलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ वेसको निरीक्षण गरेका थिए ।
Tags: