रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने

Image
काठमाडौं– रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने भएको छ । नेपाली घरेलु उत्पादनलाई विशेष प्रोत्साहन दिएर प्रर्वधन गरी व्यववसायिक संजाल विस्तार गर्ने उद्धेश्यले प्रर्दशनी आयोजना गरिएको क्लवमा अध्यक्ष तथा कार्यक्रम संयोजक लुना शर्मा अर्यालले जानकारी दिइन् । प्रर्दशनी भदौ २ र ३ गते काठमाडौंको पुरानो बानेश्वर स्थित मान सरोवर पार्टी प्यालेसमा गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न कलाकारले साँगीतिक प्रस्तुती समेत दिनेछन् । अध्यक्ष अर्याललले प्रर्दशनीबाट जम्मा भएको रकम सामाजिक काममा खर्च गरिने बताईन् । उनले भनिन्, ‘रोटरी गैरनाफामुलक र सेवामुलक संस्था हो, हामी प्रर्दशनीबाट उठेको रकम प्रि–स्कुल र मन्टेश्वरीका शिक्षकहरुलाई सिटिइभिटीका प्रशिक्षक मार्फत ३ महिने तालिम संचालन गर्ने योजना बनाएका छौं ।’ योसँगै क्लवले स्थानिय स्तरका सामुदायिक विद्यालयका शिक्षकलाई पनि तालिम दिइने उनको भनाई छ ।
Tags: