आजको राशीफल

Image
आज मिति २०७९ साउन २८ शनिबार । आजको तपाईको राशीफल कस्तो छ त ? जान्नुस् : मेष– रोकिएको धन प्राप्ती हुनेछ । प्रतिस्पर्धामा प्रभाव जमाउन सकिनेछ । इच्छाएको काम बन्नेछ । व्यवसायिक गतिविधिमा सफलता मिल्नेछ । कार्य विस्तारको अवसर मिल्नेछ । प्रतिस्पर्धाबाट सफलता मिल्नेछ । नेतृत्व क्षमता बढ्नेछ । वृष– सफलताको योग छ । पद प्रतिष्ठामा लाभ छ । व्यवसायिक गतिविधिबाट सफलता प्राप्त गर्न सकिनेछ । मान सम्मान र पुरस्कार प्राप्तिको योग छ । मिथुन – सबै क्षेत्रमा राम्रो अनुभव गर्न पाइनेछ । साथीहरुको साथ रहनेछ । दीर्घकालिन योजनामा अलमल बढ्नेछ । अध्यात्ममा रुची बढ्नेछ । सोंच उच्च राख्नुहोला । कर्कट – जिम्मेवार भएर काम गर्नुहोला । खानपानमा ध्यान दिनुहोला । जोखिमपूर्ण काममा हात नहालेकै राम्रो । सफलताको संभावना सामान्य अवस्थामा छ । लोभ प्रलोभनमा आएर सम्झौता नगर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला । सिंह– दाम्पत्य जीवन सुखद् रहनेछ । इच्छाएको काम बन्नेछ । उपलब्धिले उत्साहित बनाउनेछ । कार्ययोजनाले गति पाउनेछ । कन्या – सक्रियता र संतुलनले अगाडि बढ्नुुहोला । सेवा क्षेत्रमा काम गर्नेको लागि झनै शुभ छ । अवरोधलाई धैर्यतापूर्वक हटाउनुहोला । लेनदेनमा सावधानी बढाउनु होला । लोभ प्रलोभनबाट टाढा रहनुहोला । नोकरीमा सफलताको योग छ । तुला – परीक्षा तथा प्रतिस्पर्धाको परिणामले उत्साहित बनाउनेछ । लाभ बढ्नेछ । शैक्षिक गतिविधिमा अगाडि जान सक्ने देखिन्छ । सन्तानको शुभ समाचार सुन्न सकिनेछ । वृश्चिक – वाणी तथा व्यवहारमा प्रभाव रहनेछ । वैचारिक सन्तुलन बनाइ राख्नुहोला । नीजि मामलामा धैर्यता बढाउनुुहोला । सुनेका कुरामा विश्वास गर्नबाट बच्नु होला । धनु – इच्छित उपलब्धी प्राप्त हुनेछ । साहस तथा पराक्रम बढ्नेछ । भाइचाराको सम्बन्ध विस्तार हुनेछ । बन्धुत्वबाट बल मिल्नेछ । सुख सुविधा तर्फ आकर्षण बढ्नेछ । साख प्रभाव बढ्दै जानेछ । मकर –घर परिवारमा खुसी थपिनेछ । सबैले सम्मान दिनेछन् । नीजि जीवनमा शुभ समाचार संचार हुनेछ । शुभ प्रस्ताव प्राप्त हुनेछ । कारोवार बढ्नेछ । यात्राको संभावना छ । कुम्भ – आफ्नासँग भेटघाटको योग छ । रचनात्मक काममा जोडिनुहुनेछ । साख तथा सम्मान बढ्नेछ । कला कौशल तथा आर्थिक सुधारको योग छ । मीन – खर्चमा सावधानी रहनुहोला । जिम्मेवारीपूर्वक काम गर्दा सफलता पाइनेछ । कामकाज सामान्य रहनेछ । विदेश यात्राको संभावना छ । दान धर्ममा रुची बढ्नेछ । हतार नगर्नुहोला, ठगिनबाट बच्नुहोला ।
Tags: