रियलमीको रियलमी नार्जो ५० ए प्राइम बजारमा

Image
काठमाडौं– विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ । कम्पनीका अनुसार अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एम्पिएर ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् । लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित रहेको बताए । ‘यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एमपी क्यामेराले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ” उनले भने । फोनको बजार मूल्य २१ हजार ७९९ रुपैयाँ रहेको र श्रावण २३ गते बाट बजारमा उपलब्ध हुने जनाएको छ ।
Tags: