पत्रकार अर्याल, भण्डारी र रेग्मी सम्मानित

Image
पाल्पा– नेपाल प्रेस युनियन पाल्पाले तीन पत्रकारलाई सम्मान गरेको छ । युनियनले राससका जीवन भण्डारी, सुशीला रेग्मी र कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याललाई सम्मान गरेको हो । गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा निर्वाचित पाल्पाली पत्रकार उपाध्यक्षद्वय भण्डारी (उपत्यका उपाध्यक्षतर्फ) अर्याल (लुम्बिनी प्रदेशतर्फ) र केन्द्रीय सदस्य सुशीला रेग्मीलाई बधाई शुभकामना दिँदै सम्मान गरेको प्रेस युनियन शाखाका सभापति भरत शर्माले बताए। केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका पाल्पाका भण्डारी विगत लामो समयदेखि काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएकाछन्। राससको उपसम्पादकसँगै विभिन्न सञ्चारमाध्यममा आवद्ध छन् । केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई सम्मानित भएका अर्याल दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहँदै आएकाछन्। उनी कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादकसमेत हुन्। यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भई सम्मानित भएकी रेग्मी रामपुरमा रहेर लामो समयदेखि राससलगायतका विभिन्न सञ्चारमाध्यममा आवद्ध रही पत्रकारिता गर्दै आएकी छिन् । लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सम्मान गर्दै पत्रकार निष्पक्ष भएर प्रस्तुत हुनुपर्ने बताए । पत्रकार स्वतन्त्र भएकाले कुनै व्यक्तिका रुपमा प्रयोग नहुन मन्त्री रानाले अनुरोध गरे । उनले लोकतन्त्रको संस्कार बोकेका पत्रकारले सही र सत्यतथ्य समाचारका लागि सोही ठाउँमा आफ्नो कलमलाई प्रयोग गर्नुपर्ने बताए।
Tags: