अपमान गरि ‘कुकुर’ नाम राखिएका कविरामको नाम सच्चिने

Image
दैलेख–दैलेखका कविराम कामीले आफ्नो नागरिकताको नाम सच्चाउने प्रकृया अगाडि बढाएकाछन् । उनले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल समक्ष आफ्नो नागरिकताको नाम सच्चाउन निवेदन दिएका हुन् । कामीले २०४६ सालमा नागरिकता बनाउने टोलीले गाउँमा जिस्काएर बोलाउने नाम ‘कुकुर’ राखेर नागरिकता बनाएको स्पष्ट पार्दै सच्चाउन निवेदन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले प्रक्रियामा लिएर छिट्टै नाम संशोधन गरेर नागरिकताको प्रतिलिपी दिने बताएकाछन् । गृहमन्त्रालयले सोमबार अपमानजनक नाम थर शब्द प्रयोग गरि नागरिकता नदिन र दिएका नागरिकता निवेदनका आधारमा सच्चाउन निर्देशन दिएको थियो । फोटो, पत्रकार : अमर सुनार
Tags: