जनप्रतिनिधिले गरे मेलम्ची निबुगाउँको पहिरोको अवलोकन

Image
सिन्धुपाल्चोक–मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरुले मेलम्ची २ निबुगाउँको पहिरोको अवलोकन गरेकाछन् । सोमबार नगरप्रमुख आइतमान तामाङ ,उप प्रमुख उमा प्रधान ,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र कुमार खतिवडा लगायतले पहिरोको अवलोकन गरेका हुन् । अवलोकनमा क्रममा जोखिममा रहेका घर तथा बस्तीहरुलाइ तत्काल स्थानान्तरणका लागि काम थाल्ने र अवरुद्ध सडक खुलाउने प्रतिवद्धता नगरप्रमुख तामाङले जनाए । उपप्रमुख प्रधानले प्रभावित हरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र प्रभावित हरुको उस्थानान्तरणको काम तत्काल सुरु गर्ने बताइन् । वडा अध्यक्ष खतिवडाले पीडितहरुको गुनासो तथा मागलाइ सम्बोधनका लागि आग्रह गरेका थिए।
Tags: