विद्यार्थीले गरे प्रहरी कार्यालयको अवलोकन

Image
काठमाडौं– प्रहरी प्रभाग सनेपा र सामुदायीक प्रहरी सेवा केन्द्र तथा समुदायिक सेवा केन्द्र सनेपाले टिका विद्याश्रम मा.विका विद्यार्थीलाई जिल्ला प्रहरी परिसरको अवलोकन गराएका छन् । ललितपुर महानगरपालिका वडा नं २ किरण भवनमा रहेको टिका विद्याश्राम मा.विका कक्षा ७,८,९ मा अध्ययनरत छात्रा ४४ जना, छात्र २०जना र शिक्षक १ जना र सा।प्र।कर्मचारी गरी जम्मा ६८ जनाको उपस्थितिमा शिक्षक शिक्षिका र विद्यार्थीहरुले गत शुक्रबार अवलोकन गरेका हुन् । उनीहरुले जिल्ला प्रहरी परिसर जावलाखेलका सम्पुर्ण शाखाहरुको अवलोकन गरेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरका प्रहरी नायव उपरीक्षक अंगुर जि.सी.ले कार्यक्रममा उपस्थित विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई प्रहरी कार्यालयबाट जनताहरुमा दिईने सेवा तथा विभिन्न अपराध र उक्त अपराध गरेबापत हुने सजायहरुबारे जानकारी गराएका थिए ।
Tags: