एकेडेमी क्लवले गर्यो एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

Image
बनेपा – एकेडेमी क्लव साँगाले आयोजना गरेको साँगा क्षेत्रका २०७९ एसईई उत्तीर्ण विद्यार्थीहरुलाई हौसला प्रदानको लागि लहरी खर्क पार्टी प्यालेसमा सम्मान कार्यक्रम गरिएको छ । एकेडेमी क्लबका अध्यक्ष रोजन न्हुच्छे प्रधानको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा १३ नं वडा अध्यक्ष राम दुवाल र १૪ वडाका वडा अध्यक्ष टुल्कु लामा रहेका थिए । दुवै वडाका वडा सदस्यहरू लगायत समाजका बुद्धिजीवी,समाज समाजसेवी, शैक्षिक क्षेत्रमा आवद्ध व्यक्तित्व लगायत सम्मानित विद्यार्थीहरु अभिभावक सम्मिलित उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले यस वर्ष एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीको शैक्षिक क्षेत्रको प्रगतिको साथै उनीहरूको सफल जीवनको लागि शुभकामना व्यक्त गरेका थिए । शैक्षिक क्षेत्रलाई लक्षित गरी एकेडेमी क्लबको स्थापना गरिएको बताउँदै शैक्षिक क्षेत्रमा विद्यार्थीहरुलाई उच्च शिक्षाको परामर्शका लागि सहयोग गर्दै आएको क्लवका अध्यक्ष प्रधानले बताए । कार्यक्रममा विभिन्न क्षेत्र सँग सम्बन्धित व्यक्तिहरूले एसईई परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई आफूहरूले सहयोग गर्ने आश्वासन पनि दिएका थिए । १३ र १૪ का वडा अध्यक्षहरूले पनि शैक्षिक विकासमा जन प्रतिनिधीहरुको दायित्व सकारात्मक रहने हुनाले यस्तो शैक्षिक कार्यक्रमहरूको लागी वडाको सहयोग सदैव रहने बचन दिएका थिए । यसरी प्रत्यक्ष भेटघाट गरी शुभकामना आदान प्रदान विद्यार्थीरुलाई सम्मान गरिएको कार्यक्रम स्मरणीय हुने भएकोले जसले सम्मानको अवसर पाए भोलि तिनीहरूले पनि अरूलाई सम्मान गर्ने परिपाटी बसाल्दै जानुपर्ने आवश्यकतालाई मनन गर्दै मानिसको व्यक्तिगत सफलता शिक्षाको ठुलो भूमिका रहने हुनाले सबैले शैक्षिक क्षेत्रमा हौसला प्रदान गर्नु पर्ने हुनाले यस्तो सम्मानका कार्यक्रमहरूलाई प्राथमिकताका साथ प्रचार प्रचार गर्नु पर्ने विचार स्थानीय पत्रकार जयदेश श्रेष्ठले बताए । स्थानीय महेन्द्र मा.वि.का शिक्षक राजेश श्रेष्ठले अभिभाकिय सहयोगी भूमिका निभाएका थिए । कार्यक्रमको उदघोषण भूमिकामा गत वर्षका एसईई उत्तीर्ण विद्यार्थी समूहले पालै पालो उदघोषण गरी कार्यक्रमलाई रोमाञ्चित र सुन्दर प्रस्तुति गरेका थिए ।
Tags: