बनेपाको सक्षम साकोस २८ औँ वर्षमा

Image
बनेपा–सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ वर्षमा प्रवेश गरेको छ । सहकारीले स्थापना दिवसको अवसर पारेर शनिबार स्वपुहिटी पार्टी प्यालेस चण्डेश्वरी बनेपामा स्थापना दिवस मनाएको छ । सो अवसरमा कैलाश भक्त प्रधानाङ्ग सहकारी पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा बनेपा नगर पालिकाका नगर प्रमुख शान्ति रत्न शाक्यले नेपालमा सहकारीको स्थापना वि.सं २००० सालमा राजदास वादेको पहलमा साहुहरूसँग बढी ब्याजको ऋणहरु चुक्ता गराई बनेपामा लायण्ड भोर्गेज बैक स्थापना भएको इतिहास रहेको स्मरण गरे । साहुहरूबाट किसान गरिबहरूको जग्गा जमिन धितो निखनी आर्थिक कारोबार संस्थाबाट गराउने अभियान बनेपाबाट सुरु गरिएको जानकारी आजको कार्यक्रमबाट थाहा पाएको र साथै बनेपा क्षेत्र नालामा २००९ सालमा दुग्ध सहकारी संस्था स्थापना भएको उनको भनाई थियो । उनले सहकारीको उदय काभ्रेको इतिहासलाई व्युँत्याउन राजदासको परिवार र बनेपा नगरको सहयोगमा अब आउने भाद्र महिनामा नेपालमा सहकारी स्थापना दिवसको रूपमा मनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अहिले देशमा पूँजीको अभावमा लगानी ठप्प भएर सहकारीहरू जोखिम अवस्थामा रहेको र काठमाण्डौमा हालसालै ३२ वटा सहकारीहरू बन्द भएको जानकारीमा आएको हुँदा आफ्नो दायित्वको रूपमा बनेपा नगरका सहकारीको बारेमा आफूले चासो राखेको नगर प्रमुखको भनाई थियो । कार्यक्रमका विशिष्ट अतिथि कैलाश भक्त प्रधानाङ्गलाई सहकारीविद्को रूपमा सक्षम सहकारी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा चन्द्र प्रसाद ढकाल बरिष्ठ उपाध्यक्ष नेस्कुन , दीपक पौडेल पूर्व सदस्य सहकारी बोर्ड , शिवजी सापकोटा नेस्कुन , रञ्जना देवी प्रधानाङ्ग गरिब उत्थान साकोस अध्यक्षको उपस्थिति थियो । अन्य सहकारी सङ्घ ,संस्थाका पदाधिकारीहरू र प्रतिनधीहरु अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोज काजी श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । विभिन्न संध संस्थाको प्रतिनिधिहरूले सक्षम साकोषको २८ औँ स्थापना दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । आफ्नै सर्कल भित्र आफ्नो पहुँचको कारोबार गर्दै आएको विश्वासिलो सफल बचत तथा ऋण सहकारी संस्था आजको अवस्थामा पनि आर्थिक कारोबार मा स्पष्ट पारदर्शी कारोबार गर्दै आएको जानकारी यसै संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले बताए । निकै लामो समय देखिको सहकारी इतिहास बोकेको सक्षम सहकारीले आफ्नो २८ वर्षको सहकारी दिवस मनाउन सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले लामो समय देखि सहकारी क्षेत्रमा काम गरे पनि आफूले आर्थिक प्रगति गर्न नसकेको बताए । ‘तर पनि सहकारी संस्था सँग आबद्ध भएर आफू उद्यमी भएर नेपाली झोला र यहाँ सम्मान गरेका खादा सामाग्रीहरू आफ्नो उत्पादन रहेकाछन् ’ उनले भने, ‘आफ्ना साथीहरु सहकारीमा लागेर व्यक्तिगत लाभ उठाएर पैसा कमाउनेहरू पनि धेरै छन् । मैले जस्तो नैतिकताको कर्म गरेर सहकारीको सेवा गर्ने कमै देखेको छु ।’ सहकारीहरूमा ईमान्दारिता सत्यताको कारोबार गर्नुपर्ने भन्दै उनले आजको परिस्थितिमा आफ्नो संस्था नाम जस्तै सक्षम सहकारी भएर चलेको दावी गरे । सक्षम साकोसका अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरका मेयर शान्ति रत्न शाक्य प्रमुख अतिथिको रूपमा आमन्त्रित गरिएको थियो । कार्यक्रमको सञ्चालन भवानी जोशीले गरेका थिए । संस्थाको तर्फबाट ‘मेरो बनेपा मेरो गौरव’ भन्ने बनेपा नगर गीत बनाइएको जानकारी गराएको थियो ।
Tags: