बनेपामा ब्लोदानको रक्तदान कार्यक्रम

Image
बनेपा – ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान ) काभ्रे,शाखाको आह्वानमा काभ्रे लेडिज जेसीज , उमंग बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना साथै सह आयोजक सौन्दर्य कला व्यवसायी संघ नेपाल, जुनियर जेसीज बनेपाको सहयोगमा बनेपा पार्टी भेन्युमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अघि ब्लड डोनर्स एसोसिएसन नेपालका अध्यक्ष गणेशकुमार रञ्जित र प्रमुख प्रशिक्षक प्रतिमा मानन्धरले महिलाहरूले रक्तदान गर्दा हुने फाइदा, ब्लड दिन सकिने अवस्थाका बारेमा अभिमुखीकरण गराएका थिए । महिला व्यवसायीहरुको उल्लेखनीय सहभागी भएको आजको रक्तदान कार्यक्रममा ૪३ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । काभ्रे महिला जेसीजका अध्यक्ष सुमित्रा बादे श्रेष्ठ, सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष सुस्मा प्रधान, उमग साकोसका उमेश श्रेष्ठ तथा अन्य पदाधिकारी र सञ्चालकहरूको साथै जेसीज काभ्रेका अध्यक्ष सञ्जिप मानन्धरको सहभागिता रहेको थियो । जिल्लामा खुला रक्तदानको कार्यक्रम गरी केही संकलन गरिएको रगत काठमाण्डौको निजी अस्पतालमा पुर्याउने गरेको पाइएको हुँदा सहभागीहरूले जिल्लामा रहेको ब्लड बैकलाई अझै व्यवस्थित बनाउन, संकलन भएको रगत खेर जान नदिन तथा जिल्लामा रगत अभाव हुन नदिन जिल्लामा भएको रगतलाई जिल्लाकै ब्लड बैकमा जम्मा गर्न अनुरोध गरेका थिए ।
Tags: