सरकारले तोक्यो गहुँको समर्थन मूल्य

Image
काठमाडौं –सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रति क्विन्टल गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय ६५ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
Tags: