कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसँग चेम्बरको सहकार्य हुँदै

Image

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ । व्यापारिक सूचना तथा अनुभव आदानप्रदान, व्यवसायिक प्रतिनिधीबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रर्वद्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरे । नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यको हित अनुकुल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानून र नियमको जानकारी उपलब्ध गराउने उल्लेख छ । यस्तै मैत्रीपुर्ण सम्वन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने,।’
कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ  । सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ, । ’
यस्तै नेपाल र इजरेलका  उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि  सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

 

 

 

 

Tags: