बढ्यो वाणिज्य बैंकहरूको खराब कर्जा कसको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा एभरेष्ट बैंक बाहेक सबै वाणिव्य बैंकको खराब कर्जा गतवर्षको सोही अवधिको तुलनामा बढ्दो देखिएको हो ।
समग्र वाणिज्य बैंकको तथ्यांक विश्लेषण गर्दा वाणिज्य बैंकहरुको औसत खराब कर्जा गतवर्ष भन्दा १.०९ प्रतिशतले बढेर ४.४९ प्रतिशत पुगेको हो । तथ्यांकअनुसार सबैभन्दा खराब कर्जा कुमारी बैंकको देखिएको छ । कुमारीको खराब कर्जा ६.९६ देखिएको छ । त्यस्तै सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.६६ रहेको तथ्यांक छ ।
कसको कति खराब कर्जा ?