किसानका हातमा मकै र धानको बिउ, पानी कहिले पर्छ ?

Image

काठमाडौं– वैशाख महिना घर्किन लाग्दा समेत पानी नपरेपछि हातमै धान र मकैको बिउ बोकेर बसेका किसान हैरानीमा छन् । मौसम पूर्वानुमान महाशाखाले भने आइतवार र सोमवार कोशी प्रदेशका केही ठाउँमा बाहेक अन्यत्र पानी पर्ने सम्भावना बोकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले मंगलवारमात्र धेरै तिर पानी पर्ने संकेत गरेको छ । मंगलवार दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रहने छ तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ।  त्यो समयमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

मंगलवार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

महाशाखाका अनुसार त्यस पछाडिका दिनमा भने पानी पर्ने संकेत छ ।

 

Tags: