राष्ट्रिय वाणिज्य बैंकका अधिकृतलाई पूर्व सेवाकालीन तालीम

Image

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट प्रदेशगत रूपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतलाई चौधदिने पूर्व सेवाकालीन तालीम बिहीवारबाट काठमाडौंमा सञ्चालन गरेको छ ।

तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा ठूलो संख्याको जनशक्तिको भूमिका महŒवपूर्ण हुने बताए । जनताको ठूलो विश्वास बैंकप्रति रहेको हुँदा व्यावसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रियापश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए ।

अरु सहायकस्तरका कर्मचारीको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा र तालीम तथा सिकाइ विभागका विभागीय प्रमुख पद्मालक्ष्मी जिसी लगायत कर्मचारीको उपस्थिति थियो ।

 

Tags: