आइएमई पे एपमार्फत हवाई टिकटको रिफन्डेबल टिकट फिचरमा उत्साह

Image

काठमाडौं – नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रूपमा वृद्धि भएको बताइएको छ । सहज फिचर सँगसँगै प्रयोगकर्ताले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको बताइएको छ ।

अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा पेमार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकलाई ढुक्कले यात्राको लागि टिकट खरीद गर्ने हौसला प्रदान गरेको बताइएको छ ।
पेमार्फत प्रयोगकर्ताले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यासब्याक, रिवार्ड पोइन्ट र टिकट रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताको बढ्दो संख्याले र उत्साहले थप सेवा प्रवाह गर्न कम्पनी उत्साहित भएको बताए ।

 

Tags: