कांग्रेस युवा नेता विमल ज्ञवालीलाई मातृशोक

Image

काठमाडौं – नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस सत्यवती–काठमाडौं सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी विमल ज्ञवालीलाई मातृशोक परेको छ ।

ज्ञवालीकी आमा टिकाकुमारी ज्ञवालीको ७६ वर्षको उमेरमा मंगलवार निधन भएको हो । प्रेसर र मुटु रोगको बिरामी उनको उपचारको लागि काठमाडौं आउँदै गर्दा मलेखु टिचिङ अस्पतालमा निधन भएको छोरा विमलले जानकारी दिए । उनको कालीगण्डकी रुद्रवेणीको देउपाटनमा अन्त्येष्टी गरिएको छ । उनका ४ छोरा विमल, होमनाथ, विश्वनाथ, करुणा र १ छोरी सरस्वती छिन् ।

Tags: