बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा

Image

 

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी उग्र आन्दोलनको बीचमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्। उनी सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेपछि राजीनामा गर्न बाध्य भएकी हुन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएसँगै बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्। उनले सबै जिम्मेवारी आफ्नो हाकिममा लिने र प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेका छन्। साथसाथै, उनले सुरक्षा बललाई गोली नचलाउन निर्देशन दिइसकेको र देशको अर्थव्यवस्था प्रभावित भएको र कयौं मानिसहरूको मृत्यु भएको अवस्थामा अब स्थिति सामान्य पार्ने प्रतिबद्धता जनाएका छन्।

शेख हसिनाले देश छोडेपछि, बीबीसीका अनुसार, उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको बताइएको छ। प्रदर्शनका कारण देशको सुरक्षा स्थिति कमजोर भइसकेपछि हसिनाले ‘सुरक्षित स्थान’को खोजी गर्दै भारतको अगरतलातर्फ प्रस्थान गरेको समाचार छ।

अन्तरिम सरकार गठनका बारेमा जनरल उज–जमानले थप जानकारी दिएका छन्, र राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेका छन्। अब, देशको स्थिति सामान्य पार्नका लागि प्रयासहरू गरिने बताइएको छ।

 

 

 

 

 

Tags: