जनकपुर बेल्ट्सका समर्थकमाथि गरिएको विभेदमा गगनको आक्रोश, ‘नो इफ नो बट कारबाही होस्’

Image

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुर बेल्ट्सका समर्थकप्रति भएको व्यवहार खेद जनक भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कारबाहीको माग गरेका छन् ।

‘केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ,’ महामन्त्री थापाको भनाइ छ ।

सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाउनुपर्ने उनको धारणा छ । उनको भनाइ छ, ‘यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन, नो इफ नो बट’ ।

 

Tags: