फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

Image

काठमाडौं–आन्तरीक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहक लक्षित गरी उपलब्ध सेवामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

शुक्रवार एक समारोहका बीच फार्म हाउस होटलका प्रोपाइटर समराज गुरुङ र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवामा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रालिद्वारा सञ्चालित फार्म हाउस होटल बिगत पाँच वर्षदेखि सञ्चालनमा आएको मनाङको सुविधा सम्पन्न होटलको रुपमा परिचित छ । त्यसैगरी, ग्राहको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकलाई बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

 

Tags: