प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसबीच सम्झौता

Image

काठमाडौं – प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसबीच स्वदेशमै रोजगारीको सृजना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावरिङ एग्रो एण्ड टुरिज्म इन्डष्ट्रि फर सस्टेनेवल ग्रोथ फर फ्यूचर नेपाल’ परियोजनाका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा यूएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेकाछन्।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवामा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

 

Tags: