एमएडब्ल्यूका गाडी किन्दा ग्लोबल आइएमई बैंकमा कर्जा

Image

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्ल्यू वृद्धि मोटर्स र एमएडब्ल्यू वृद्धि अटोकर्पबीच विद्युतीय सवारीसाधन (ईभी)मा कर्जा प्रवाहसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्ल्यू वृद्धि मोटर्स तथा एमएडब्ल्यू वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार एमएडब्ल्यू वृद्धि मोटर्स एवम् एमएडब्ल्यू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडी दीपल, सेरेस र नाम्मी खरीद गर्ने व्यक्ति वा कम्पनीले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध हुने बताइएको छ । ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

 

Tags: