आइएमई सेवाको २४औं वर्षका प्रवेश

Image

काठमाडौं– रेमिट्यान्स सेवा प्रदायक आइएमई लिमिटेड स्थापनाको २३ वर्ष पुरा गरेको छ।

आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमईले बुधवार काठमाडौँमा एक कार्यक्रम आयोजना गरेको छ।

ुडिजिटल रुपान्तरणलाई अंगाल्दैु भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह(सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमई रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान पुर्याउने कम्पनीको रूपमा स्थापित भएको बताए।

 रेमिटेन्स नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता जनाए।

त्यसैगरी आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए।

वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त समारोहमा अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप(बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो।

 

Tags: