ब्रेनल्यान्ड एकेडेमीको ‘बिएलए किण्डर मिनि ओलम्पियाड २०८१’ सम्पन्न

Image

काठमाडौं – ब्रेनल्यान्ड एकेडेमीले आयोजना गरेको ‘बिएलए किण्डर मिनि ओलम्पियाड २०८१’ गत शनिवार प्रहरी प्रशिक्षण एकेडेमीलमहाराजगञ्जमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित हस्ती, प्रसिद्ध म्याराथन धावक वैकुण्ठ मानन्धर प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

उक्त बिएलए किण्डर मिनि ओलम्पियाडमा नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रकाश शाह र सम्राटविक्रम शाहको पनि विशेष उपस्थिति थियो। सो अवसरमा प्रमुख अतिथि एवम विशेष अतिथिले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्यका खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए।

ब्रेनल्यान्ड एकेडेमीका प्रिन्सिपल तथा एन प्याब्सनका केन्द्रीय महासचिव पारसमणि दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। बिएलए किण्डर मिनि ओलम्पियाडमा बालबालिकाहरूले विभिन्न खेल प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

विद्यालयका भाइस प्रिन्सिपल प्रशान्त दाहालका अनुसार यो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी भएको छ। यसले बालबालिकालाई खेलकुदमा आकर्षित गर्न महत्वपूर्ण योगदान दिएको दाहालले बताए।

बिएलए किण्डर मिनि ओलम्पियाड जस्ता कार्यक्रमहरूले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा सहयोग पु¥याउने विश्वासका साथ, ब्रेनल्यान्ड एकेडेमीले आगामी दिनमा यस्ता थप कार्यक्रम आयोजना गर्ने योजना बनाएको प्रिन्सिपल दाहालले बताए।

 

Tags: