सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच समझदारी के के मा छ छूट ?

Image

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्सबीच बैंकका ग्राहकलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रअनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले एयरलाइन्सको टिकट खरीदमा एकमुष्ट रू. ५०० छूट पाउनेछन् । सो छूट एयरलाइन्सका सबै कार्यालयको काउण्टरबाट प्राप्त हुने बताइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण  सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

बैंकले देशैभर १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउण्टर र ७४ शाखारहित बैंकिङ इकाईबाट करीब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


    

 

Tags: