मैथिल पत्रकार परिषद्को अध्यक्षमा पत्रकार सौरभ यादव चयन

Image

काठमाडौं – मैथिल पत्रकार परिषद्को अध्यक्षमा पत्रकार सौरभ यादव चयन भएका छन् । शनिबार राजविराजमा मैथिली साहित्य परिषद्को  बसेको कार्यसमिति बैठकले मैथिल पत्रकार परिषद्को नयाँ कार्यसमिति चयन गरेको हो ।

परिषद्का अध्यक्ष अवधेश झाका अनुसार उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र(बाबुल), उपसचिवमा रुपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन् ।पत्रकार परिषदको सदस्यहरू उमेश साह,श्रवण मिश्र, आनन्दमोहन शर्मा, पिन्टु यादव, नवीन यादव र भगवानलाल यादव चयन भएको परिषदका अध्यक्ष झाले जानकारी दिए ।

 

Tags: