सानिमा क्यापिटल प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धक 

Image

काडमाडौं – प्राइम कमर्सियल बैंकले सानिमा क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टी नियुक्त गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामको ऋणपत्र निस्कासन गर्ने बताएको छ । 

प्रति ऋणपत्र अंकित मूल्य रू. १,००० दरको ३० लाख कित्ताले हुने रकम रू. ३ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत ऋणपूँजी व्यक्तिगत तवरबाट र ४० प्रतिशत ऋणपूँजी (सो मध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने बताइएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

Tags: