गरिमा विकास बैंक र फिनबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र

Image

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरेसन अफ इलेक्ट्रिक इन्टरप्रेनेयरसीप अफ नेपाल (फिन)बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गत कात्तिक २८ गते बुधवार सम्पन्न सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र फिनका अध्यक्ष रेशमप्रसाद देवकोटाले हस्ताक्षर गरेका छन्।

यस सम्झौतापश्चात् फिनमा विद्युतीय उपकरणसम्बन्धी उद्यमीलाई बैंकले व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्ने बताइएको छ र सो संघमा आबद्ध उद्यमीले बैंकले केही समयअघि सार्वजनिक गरेको व्याजदर योजनाअन्तर्गत ८ दशमलव ४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा शून्य दशमलव ७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्ने बताइएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: