दक्षिण कोरिया अध्ययन गर्न चाहने विद्यार्थीलाई ब्रिलियन्टमा परामर्श तथा सहजीकरण सेवा

Image

काठमाडौं– ब्रिलियन्ट एजुकेशन एण्ड केरियर सर्भिसेसले दक्षिण कोरियामा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सहजीकरण गर्न थालेको छ ।

ब्रिलियन्टकी निर्देशक कल्पना बस्नेतले नेपाली विद्यार्थीको उत्कृष्ट गन्तव्यको रुपमा देखिएको दक्षिण कोरियाको लागि सहजीकरण गर्न शुरु गरेको बताइन् । आईईएलटीएसमा कम स्कोरमा पनि आवेदन दिन मिल्ने र स्कोलारसीपको समेत सुविधा रहेको निर्देशक बस्नेतले बताइन् ।

ग्याप समेत स्वीकार हुने, ट्युसन फि नलाग्ने, अग्रेजी भाषामा अध्ययन गर्न पाइने, पार्ट टाइम जब र भिसा सक्सेस रेट उच्च रहेकोले पनि नेपाली विद्यार्थीको लागि दक्षिण कोरिया उपयुक्त रहेको उनको भनाइ छ । २० वर्षदेखि परामर्श सेवा दिँदै आएको ब्रिलियन्टले दक्षिण कोरियासहित अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके लगायतका लागि परामर्श सेवा दिँदै आएको छ ।

 

Tags: