नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल

Image

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९औं बैठकको निर्णयले भदौ २८ देखि लागू हुनेगरी चारवर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका उनले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानूनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिइएको छ ।

 

Tags: