नेपाल टेलिकमको संविधान दिवस अफर      

Image

काठमाडौं – नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर बुधवारदेखि प्रारम्भ भई आगामी शुक्रवारसम्म लागू हुने बताइएको छ । 

यस अन्तर्गत रू. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रू. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रू. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रू. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रू. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध रहेको बताइएको छ ।

यही अफर अन्तर्गत रू. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने बताइएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको बताइएको छ ।
 

Tags: