कुमारी बैंकको नाफा ३४५.६८ प्रतिशतले वृद्धि

Image

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ५१ करोड ७९ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३४५.६८ प्रतिशतले वृद्धि भएको हो।

२०८०र८१ को आर्थिक वर्षमा बैंकले २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्षको नाफामा वृद्धि बैंकको सञ्चालन नाफामा भएको सुधार र नोक्सानी व्यवस्थामा भएको कमीका कारण भएको हो। यस आर्थिक वर्षमा बैंकले नोक्सानी व्यवस्थाका लागि छुट्याउने रकमलाई ५६।०८ प्रतिशत घटाउँदै ३ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ मात्र प्रोभिजन थप गरेको छ।

बैंकको ब्याज आम्दानी १३।४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद ब्याज आम्दानी ०।७२ प्रतिशतले घटेर १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँमा सिमित भएको छ। यस वर्षको सञ्चालन नाफा ३०५।९२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९० करोड ३७ लाख रुपैयाँ पुगेको छ।

हालको अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले २०८१ असार मसान्तसम्म ३ खर्ब ३३ अर्ब ११ करोड १३ लाख रुपैयाँ बराबरको निक्षेप परिचालन गरेको छ भने २ खर्ब ७३ अर्ब २० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ६६ करोड ४३ लाख रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ, नेटवर्थ १४१.४७ रुपैयाँ र पीई रेसियो १७.४७ प्रतिशत छ।


 

Tags: