ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच सम्झौता

Image

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार महालक्ष्मीका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतित पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मीको सिफारिसमा ग्लोबल आइएमईमार्फत उपभोग गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

 

Tags: