स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गर्न माग 

Image

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै नेपाल स्काउटका प्रमुख स्काउट एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।

मंगलवार नेपाल स्काउट शुद्धीकरण अभियानले विवादित निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै मन्त्री चौधरीसमक्ष चार सुत्रीय माग पेश गरेको हो । राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुव्र्यवहार तथा यौन दुव्र्यवहारसँग सम्बन्धित विषय उपर छानबिन गरिनुपर्ने नेपाल स्काउट शुद्धीकरण अभियानको माग छ ।

नेपाल स्काउटका निर्देशक भट्टराईले महिलामाथि दुव्र्यवहार गरेको आरोप लगाइएको छ । ‘हालै प्रमुख स्काउटको हस्ताक्षर

द्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति बिदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रीय परिषदमा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गरिनुपर्छ,’ मागमा भनिएको छ । राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईको अनियमिततासँग सम्बन्धित नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर छानबिन गरिनुपर्ने मागमा नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदुत अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

निर्देशक भट्टराई उपर छानबिन पूरा नहुन्जेल निजलाई निलम्बनमा राखिनुपर्ने एवं छानबिनको प्रकृया पूरा भए पश्चात प्रतिवेदनका आधारमा कारबाही हुनुपर्ने समेत माग गरिएको छ ।

नेपाल स्काउट शुद्धीकरण अभियानले उल्लेखित मागहरु पुरा गर्न सात दिनको अल्टिमेटम समेत दिएको छ । सो अवधिभित्र माग पूरा नभएमा विरोध तथा आन्दोलनका कार्यक्रम थालनी गरिने समेत अभियानले चेतावनी दिएको छ । निर्देशक भट्टराईमाथि खेलकुदमन्त्री चौधरीको संरक्षणमा स्काउटमा आफू अनुकूल निर्णय गरेको लगायतका आरोप लागेका छन् ।

योसँगै मंगलवार मन्त्रीलाई नेपाल स्काउट प्रगतिशिल संघर्ष समिति द्वारा पनि ज्ञापन पत्र बुझाइएको छ।  ज्ञापन पत्रमा स्काउटको सुधारका लागि प्रमुख स्काउट लाग्नु पर्ने, श्री ५ को सरकार लेख्ने जस्तो थप गल्ती  नगर्न अनुरोध गर्दै स्काउटको सुधारका लागि हुने प्रत्येक गतिविधिमा एक्यबद्धता जनाउने जानकारी दिइएको छ।

 

Tags: