साहित्यकार डा. चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना शुक्रवार लोकापर्ण

Image

काठमाडौं – साहित्यकार डा. चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना साउन ४ गते शुक्रबार एक समारोहका बीच लोर्कापण हुने बताइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा शुक्रवार दिउँसो ३ बजे विमोचन हुने सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नेछन् ।

नेपाली साहित्यमा विद्यावारिधी गरेका माबो गत स्थानीय चुनावमा निर्वाचित भई हाल ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षका रुपमा जनसेवामा समर्पित छन् । पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित छन् । सो कथा संग्रहलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

 

Tags: