इन्ड्राइभका ड्राइभर र परिवारका लागि तालीम तथा सहयोग

Image

काठमाडौं – इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सका परिवारका लागि इनिशिएटिभ घोषणा गरेको छ । यो इनिशिएटिभले इन्ड्राइभका ड्राइभर पार्टनर्सका बालबालिकालाई प्रशिक्षण र आवश्यक सामग्री प्रदान गर्ने बताइएको छ ।

इन्ड्राइभले आफ्ना ड्राइभर पार्टनर्स र उनीहरूका छोराछोरीलाई जुत्ता र टी–सर्ट लगायतका सामग्री वितरण गरेको बताइएको छ । यसका अतिरिक्त बालबालिकाको लागि ट्रेनिङ सेसनको आयोजना गरेको थियो । यो सेसन युवा मष्तिष्कलाई इन्साइट र दक्षता प्रदान गर्दै सशक्तीकरणमा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

तालीममा भाग लिइरहेका ड्राइभर पार्टनर्सका बालबालिकाले ट्याब्लेट जित्ने मौका पाउने बताइएको छ । यसका साथै इनड्राइभ ड्राइभर पार्टनर्सलाई उनीहरूको समर्पण र कडा परिश्रमको कदर गर्दै दुईओटा विद्युतीय सवारी (ईभी) उपहार दिइने इनड्राइभले जानकारी दिएको छ । इनड्राइभको हेड अफ स्पोर्टस् अन्ना फेडोरचुकले यस अभियानले इन्ड्राइभ परिवारमा खुशी र सकारात्मक प्रभाव ल्याउने अपेक्षा गरेको बताइन् ।
 

Tags: