विश्व मस्तिष्क दिवस : दिनचर्याले बिगार्दै मस्तिष्क

Image

काठमाडौं– मस्तिष्क हाम्रो मास्टर अङ्ग हो। यसले भावनात्मक नियन्त्रणको साथसाथै शरीरका सबै कामको सञ्चालन गर्न महत्वपूर्ण भूमिका निभाउँछ।

हामी जे सोच्छौं, महसूस गर्छौं, याद गर्छौं, कसरी चल्छौं र कुराकानी गर्छौं त्यो सबै चिज मस्तिष्कद्वारा नियन्त्रण नियन्त्रित र सञ्चालित हुन्छ। उदाहरणको लागि मस्तिष्कलाई केन्द्रीय कम्प्युटर भन्न सकिन्छ। जसले शरीरको सबै कार्यलाई नियन्त्रणमा राख्छ।

स्वस्थ रहन र राम्रोसँग काम गर्नको लागि मस्तिष्क सबैभन्दा फिट रहन जरुरी छ। पछिल्लो समय हाम्रा दिनचर्या र केही गलत आनीबानीका कारण अथवा खानपानका कारण मस्तिष्क सम्बन्धी समस्या बढ्दै गएको छ। यसै कुरालाई ध्यानमा राखेर विपन्न विभिन्न न्युरोलोजिकल स्वास्थ्य विषयको बारेमा  जागरुकता जगाउनको लागि जुलाई २२ लाई मस्तिष्क विश्व मस्तिष्क दिवसको रूपमा मनाइँदै आएको छ।
 
पछिल्लो समय मस्तिष्क विकारको कारण जोखिम बढ्दै गएको छ। विश्वका विभिन्न व्यक्तिमा मस्तिष्क विकारलाई लिएर अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन समेत चिन्तित छ। विशेषज्ञका अनुसार जलवायु परिवर्तन र दिनचार्यका कारण मस्तिष्कको समस्या बढ्दै गएको छ।
 
बढ्दो तापमान पर्यावरणमा देखिने प्रदूषण, धुम्रपान जस्ता आनीबानी , शारीरिक निष्क्रियता, स्ट्रोक माइग्रेन, मृगी, मल्टिपल स्केलेस, रोसिस सिन्जोक्रेनिया, अल्झाइमर रोग, पार्किन्सन जस्ता समस्याका कारण पहिलेको तुलनामा आम नागरिक मानसिक मस्तिष्क समाचार समस्याबाट ग्रसित छन्। कम उमेरका व्यक्तिलाई पनि मस्तिष्क रोगले गाँज्न सक्छ।
 
त्यसोभए समस्याबाट बाहिर आउन के गर्न सकिन्छ ?
 
जान्स हापकिन्सको एक रिपोर्टका अनुसार औसत वयस्क व्यक्ति दिनमा साढे ६ घण्टा कुर्सीमा बस्छ। यसरी कुर्सीमा बस्दा मस्तिष्कमा धेरै प्रभाव पार्छ। सन् २०१८ मा प्रकाशित एक अध्ययन अनुसार धेरै समय बस्ने बानीले मस्तिष्कको हिस्सामा बदलाव ल्याई सम्झने क्षमता समेत कम गर्छ।
 
शोधकर्ताको अनुसार ४५ देखि ७५ वर्षका उमेर समूहका व्यक्तिमा गरिएको एमआरआइका अनुसार लामो समयसम्म बस्ने व्यक्तिमा मिडियम टेम्पोरल लोप (एमटिएल) धेरै पातलो हुँदै गएको पाइएको छ। एमटिएल मस्तिष्कको त्यो भाग हो जहाँ याद बन्ने गर्छ ।- एजेन्सी

 

Tags: